गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन डब्लुएचओको आग्रह

४ जेष्ठ, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् ।

केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला डब्लुएचओले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।

पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप उपलब्ध गराएको बताउँदै अन्य धनी मुलुकले पनि त्यसै गर्ने अपेक्षा डब्लुएचओले गरेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधनोम धेब्रेयेसुसले जेनेभामा आयोजित एक कार्यक्रममा भने,‘केही धनी मुलुकले बच्चा र वयस्कहरुका लागि सञ्चालन गर्न लागेको खोप अभियान म बुझ्छु तर उनीहरुलाई म त्यो योजना पुर्नविचार गर्न र खोप कोभ्याक्सलाई दिन आग्रह गर्दछु ।’

कोभ्याक्स मार्फत निम्न आय भएका मुलुकहरुलाई खोप वितरण गर्ने गरिन्छ । अहिले ठूला मुलुकले कोभ्याक्सलाई खोप प्रदान नगर्दा साना र गरिब मुलुकमा कोरोनाको संख्या बढेको छ तर खोप छैन ।

कोभ्याक्सले अहिलेसम्म ६ करोड खोप मात्रै वितरण गरेको छ । भारतले कोभ्याक्सलाई दिनुपर्ने खोप नदिएको र अन्य मुलुकले पनि आवश्यक मात्रामा उपलब्ध नगराएको कोभ्याक्स प्रभावित भएको छ ।

विश्व स्वास्थ्य संगठनमा अहिलेसम्म निम्न आय भएका मुलुकमा कुल उत्पादन भएको खोपमध्ये ०.३ प्रतिशत मात्र पुगेको जनाएको छ । केही सीमित मुलुकहरुले अधिकांश खोप होल्ड गरिरहेका छन् ।

मध्यम र निम्न आय भएका धेरै मुलुकले भ्याक्सिनमा भारतबाट अपेक्षा गरिएको थियो । तर भारतले आफ्नो सम्पूर्ण उत्पादन आन्तरिक प्रयोगमा केन्द्रित गरेपछि धेरै मुलुकमा यतिबेला खोपको चरम अभाव छ ।

मूल्यको हिसाबले अमेरिका, युरोप र रसियाले उत्पादन गरेको खोपभन्दा भारतीय खोप सस्तो भएका कारण पनि धेरै मुलुकले भारतबाट खोप खरिदको प्रक्रिया अगाडि बढाएका थिए ।

पहिले धनी मुलुकहरु लाभान्वित हुने र त्यसपछि अन्य मुलुकले खोप पाउने अहिलेको प्रणालीले कोरोना महामारी नियन्त्रण नआउने विश्व स्वास्थ्य संगठनको बुझाइ छ ।

युनिसेफले बेलायतलाई कम्तीमा २० प्रतिशत खोप अन्य मुलुकलाई प्रदान गर्न सिफारिस गरेको छ । एकदमै आवश्यकतामा रहेका मुलुकहरुलाई जुन महिनासम्म खोप उपलब्ध गराउन युनिसेफले आग्रह गरेको छ ।

अन्य मुलुकलाई खोप लगाएपछि मात्रै कोरोनालाई रोक्न सकिने युनिसेफको भनाइ छ । दि न्युयोर्क टाइम्सले विश्वभर खोप अभियानको नेतृत्व लिन राष्ट्रपति जो वाइडनलाई आग्रह गदै एक सम्पादकीय नै प्रकाशित गरेको छ ।

अहिलेसम्म विश्वमा १.३ विलियन मानिसले खोप लगाइसकेका छन । तर २० देखि ३० गरिब मुलुकमा खोप लगाउनेको संख्या भने अझै पचास लाखभन्दा कम छ । त्यसैले खोपमा कुनै पनि खालको समानता पाइँदैन ।

यसैबीच अमेरिकी राष्ट्रपति जो वाइडले विभिन्न मुलुकलाई ८ करोड खोप वितरण गर्ने घोषणा गरेका छन् । यसअघि ६ करोड खोप बाँड्ने घोषणा गरेको अमेरिकाले थप दुई करोड खोप वितरण गर्ने घोषणा गरेको हो ।

ह्वाइटहाउसमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै वाइडनले आगामी जुन महिनाको अन्तिम सातादेखि विभिन्न मुलुकलाई खोप वितरण थाल्ने समेत बताएका छन् ।

अमेरिकाले घोषणा गरेको ८ करोडमध्ये ६ करोड एष्ट्राजिनिकाको खोप हो भने बाँकी २ करोड मोर्डना, पिफाइजर र जोन्सन एण्ड जोन्सन भ्याक्सिन हुन् ।

६ करोड खोप वितरणका लागि अमेरिकाको गुणस्तर विभागले अनुमोदन गर्नुपर्छ जुन अहिले प्रक्रियामा नै रहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top