प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयललाई भेट्नु राष्ट्रिय सुरक्षामा चुनौती : गगन थापा

७ कात्तिक, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई लिएर प्रतिपक्षी दल कांग्रेसका सांसद गगनकुमार थापाले आपत्ति जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै थापाले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादाको उलंघन र सामान्य त्रुटी मात्रै नभएर राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताएका छन् ।

उनले भनेका छन् ‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उल्लंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिएको छ । सम्बन्धित मन्त्रालय (परराष्ट्र) र निकाय (राष्ट्रिय अनुसन्धान विभाग) को अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको छ । यसको अनुसन्धान हुनुपर्छ ।’

Advertisement

थापाले नेपाल भारत सम्बन्धको पछिल्लो समस्या र जटिलतातको समाधान उच्च स्तरको राजनीतिक तहबाट मात्र सम्भव भएको उल्लेख गरेका छन्। ‘भारतको राजनीतिक तहलाई वार्ता र छलफलमा ल्याउने जिम्मेवारी प्रधानमन्त्री र सरकारको हो। सबै राजनीतिक तथा कुटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल-भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता हो’, उनको भनाइ छ।

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख गोयलको भेटको बचाउ गर्नु पनि सही नभएको थापाको भनाइ छ । ‘यस प्रकरणपश्चात् पनि प्रधानमन्त्रीको बचाउमा केही बुद्धिजीविहरूले सामाजिक सञ्जालमा दुई देशबीचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो भनेर बचाउ गरेको देख्दा उदेक लागेको छ,’ उनले भनेका छन् ।

थापाले परराष्ट्र मन्त्रालय, मुख्यसचिव शंकरदास वैरागी र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारको क्षमतामाथि पनि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीले कहिले वेप्रसङ्ग, केवल आन्तरिक खपतका लागि, राम जन्मभूमिको कुरा निकालेर दुईपक्षीय सम्बन्धलाई झन् जटिल बनाउनतिर लाग्ने, अनि कहिले लत्रक्क परेर गुप्तचरसँग भेट्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण उत्ताउलो व्यवहारमा आफ्नो प्रश्न रहेको थापाको भनाइ छ।

भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख गोयल बुधबार दिउँसो नेपाल आएका थिए । उनी बुधबार राति प्रधानमन्त्रीलाई भेटेर बिहीबार बिहान दिल्ली फर्किएका थिए । गोयलसँग प्रधानमन्त्रीको भेटलाई लिएर सत्तारुढ नेकपाभित्रै पनि चर्को आलोचना भइरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top