प्रधानमन्त्री ओली र बेलायती राजदूतबीच भेटवार्ता

988SHARES

६ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारमा बिहीवार (आज) भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

विशेषगरी उनीहरु बीच कोभिड १९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पनि आग्रह गरे ।

छुटाउनुभयो कि?

सम्पूर्ण