विराटनगर : सर्वोच्च अदालतको आदेशपछि श्रम कार्यालय विराटनगरमा हाजिर भएका कार्यालय प्रमुख प्रेम प्रसाद सञ्जेलले सेवाग्राहीले बिचौलियालाई दिनुपर्ने शुल्क घटाउन कार्यालयमै बैंक काउण्टर खोल्न लगाएका छन् ।
बुधबार हाजिर भएका सञ्जेलले दस्तुर र बीमा शुल्कको लागि तत्काल सानिमा बैंकको काउण्टर खोल्न लगाएका हुन् । विराटनगरमै वैदेशिक रोजगारीमा जानेहरुको पुन ः श्रम स्वीकृती खुलेपछि सेवाग्राहीले काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति पाएका थिए । तर श्रम कार्यालय विराटनगरबाट पुन ः श्रम स्वीकृती खुलेपछि सेवाग्राहीले फाराम भर्दा बिचौलियालाई महंगो शुल्क बुझाउनुपर्ने बाध्यता थियो ।
सेवाग्राहीले बिचौलियामार्फत अनलाईन फाराम भरेको चारसय, वीमाको तीन र बैंकसम्म पुगेको तीनसय गरी एक हजार रुपैँया दस्तुर लिँदै आएका थिए । तर, सञ्जेलले वीमा र दस्तुर बुझाउन बैंकको काउण्टर कार्यालयमै खोल्न लगाएका हुन् ।
‘दस्तुर बुझाउन तीनवटा बैंकमा कार्यालयको खाता छ’ सञ्जेलले भने बैंकमा पैसा बुझाउन मात्र तीन सय रुपैँया लिएपछि सानिमा बैंकलाई काउण्टर खोल्न लगाएको छु ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।