प्लाष्टिक पोखरीमा पानि संकलन गरि मनग्यै तरकारी उत्पादन

१४ फागुन ७४, सोमबार
Share this
749shares

विराटनगर, फागुन १४
मुहान सुकेर पिउने पानीको समेत अभाव झेल्दै आएका तेह्रथुमको छथर गाउपालिका ओख्रेका वासिन्दाले वर्र्षातको पानी प्लाष्टिक पोखरीमा संकलन गरेर मनग्यै तरकारी उत्पादन गर्न थालेकाछन् ।

Advertisement

पानी अभावमा छिमेकी वसाई हिडीरहेका वेला ओख्रे बँसपानीका ३० वढी परिवारले भने वर्षातको पानी प्लाष्टिक पोखरीमा संकलन गरेर व्यवसायिक तरकारी खेती गरेका हुन् ।

गाँउलेले उराठलाग्दो पाखोबारीमा रायोको साग, खुर्सानी, आलु, टमाटर, प्याज, लसुन लगायतका तरकारी खेती गरेर मनग्यै आम्दानी गरिरहेका छन् ।

Advertisement

प्लाष्टिक पोखरीमा वर्षातको पानी संकलन गरेर तरकारी सिंचाई गर्ने शिप सिकेपछि गाँउले वसाई हिड्नबाट रोकिएको गाँउपालिका अध्यक्ष सन्तवीर लिम्वुले वताउनु भयो । यसअघि केही ओख्रेका वासिन्दाले पानी अभावकै कारण गाँउ छोडेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top