फाइजर र एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टविरुद्ध प्रभावकारी

९ जेष्ठ, एजेन्सी ।
फाइजर र अक्सफोड–एस्ट्राजेनेकाका कोरोना भाइरसविरुद्धका खोप भारतमा पहिलोपटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध प्रभावकारी देखिएको छ ।

भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टमा खोप प्रभावकारी छ कि छैन भन्ने हेर्नका लागि गरिएको अध्ययनमा खोप प्रभावकारी देखिएको हो । खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

Advertisement

पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो ।

बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो । यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको छ ।

Advertisement

यो प्रभावकारिता बेलायतमा देखिएको भेरियन्टमा ६६ प्रतिशत रहेको पिएचइले जनाएको छ । नयाँ भेरियन्टविरुद्ध खोप प्रभावकारी देखिनु निकै खुशीको कुरा रहेको बेलायती स्वास्थ्य मन्त्री म्याट हान्ककले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top