फागुन १५ देखि विराटनगरमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

१० फागुन ७५, शनिबार

विराटनगर, फागुन ११
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिको यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले आज पत्रकार सम्मेलन गरी महानगरपालिका भित्र हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने जनाएको हो ।

विराटनगर महानगरमा यसपटक २ लाख ४० हजार मानिसहरुलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य महाशाखाकी प्रमुख लजिता योञ्जनले जानकारी दिइन् । यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा १५ दिन सम्म औषधी खुवाइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २ सय ९२ केन्द्रहरुवाट औषधि खुवाइने योञ्जनले जानकारी दिइन् ।

Advertisement

महानगरपालिका भित्रको कुलजनसंख्या २ लाख ४० हजार ५ सय ५ जनामा आथिर्क बर्ष २०७४ सालमा ५३ हजार ५ सय ८८ ले मात्र हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेको तथ्याङक प्रस्तुत गरिएको थियो । अर्थात २६ प्रतिशतले मात्र औषधि सेवन गरेको कार्यक्रममा जानकारी दिइएको थियो । हात्तीपाइले रोग लागेमा समयमै औषधि सेवन गरेमा यो रोग निको हुने बताउदै प्रदेश स्वास्थ्य कार्यालयका मोरङका प्रमुख ज्ञानवहादुर वस्नेतले सबैलाई औषधि सेवन गर्न अपिल गरे । विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरबासी सवैलाई औषधि खाई रोगबाट बच्न अनुरोध गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top