काठमाडौं : फागुन ३ भित्र कर्मचारी समायोज सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा भएको छ। ७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात २२ हजार ९ सर १७ कर्मचारी मात्रै समायोजन भएका छन्।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्तलायका प्रवक्ता सुरेश अधिकारीले संघमा १७ हजार २ सय ७९ र प्रदेशमा २ हजार ४ सय ४८ कर्मचारी समायोजन भएको बताए। सबैभन्दा ठूलो दरबन्दी हिस्सा रहेको स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन ।
सचिवस्तरमा ५७ जना सबै संघमा समायोजन भएका छन्। सहसचिव स्तरका ६ सय ७६ को समायोजन सकिएको छ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।