विराटनगर,भदौ १५
भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा ल्याइएको छ । फिदरलाईटको नेपालकालागि आधिकारिक विक्रेता पर्थ इन्टरनेशनल प्रालिले सञ्चालनमा ल्याएको शोरुमको भाइस चेयरमैन राजकुमार अग्रवालले उदघाटन गरे ।
विराटनगरको मुनालपथमा सञ्चालनमा ल्याइएको शोरुमले फिदर लाईट ब्राण्डका फर्निचरहरुको बिक्री गर्ने संचालक निकुञ्ज अग्रवालले जानकारी दिए । शोरुमले फिदरलाइट मोडुलर कार्य स्टेशनहरु,कुर्सी,पार्टेसन,डेस्क,बैठक टेबुल,शैक्षिक र प्रयोगशाला लगायतमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर उपलब्ध गराउने संचालक अग्रवालले जानकारी दिए ।
यसअघि काठमाण्डौमा संचालनमा ल्याइसकिएको फिदरलाईटको दोश्रो शोरुम विराटनगरमा संचालनमा ल्याइएको छ । फिदरलाईटले विश्वविख्यात कम्पनीहरुलाई फर्निचर सप्लाईगर्दै आएको जनाइएको छ । शोरुम संचालनमा ल्याइसंगै र्मम्मत सम्भार कक्षपनि संचालनमा ल्याइएको छ ।
पर्थ इन्टरनेशलले शोरुमबाट फिदर लाईटसंगै किच ब्राण्डका आर्किटेक्चरल हार्डवेयरका सामाग्रीको समेत विक्री वितरण शुरु गरेको छ । सो ब्राण्डका ग्लास फिटिङ्स,फर्निचर फिटिङ्स,बाथरुमका समानहरु सहित ३१६ ग्रेड स्टेनलेस स्टीलका उच्चकोटीका उत्पादनहरु समेत विक्री वितरण गर्ने जनाइएको छ ।