फोहरले जनकपुरको पहिचान गुम्दै

१० फागुन ७४, शुक्रबार

जनकपुर, फागुन ११
फोहर फाल्ने उचित ठाउँको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, खुला नाला, हिलाम्य बाटो लगायतले आजभोलि ऐतिहासिक शहर जनकपुरको पहिचान र प्रतिष्ठा गुम्दै गइरहेको छ ।

उपमहानगरपालिका घोषणा भएको झन्डै एक वर्ष भन्दा बढि भई सक्दा समेत उचित ‘डम्पिङ साइट’को अभावमा सडक पेटीमै फोहर फ्याँक्न जनकपुर उपमहानगरपालिकावासी बाध्य रहेका छन ।

जनकपुर उपमहानगरपालिकाभित्र दैनिक २५ टन फोहर निस्कने गरेको छ । त्यसको विसर्जन भने ऐतिहासिक बेला नदी किनार, जिरोमाइल, मुजेलिया, पिराडीको सडक छेउमै गर्नाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।

Advertisement

त्यस्तै, जनकपुरको मुटु मानिने शिव चोकमा पालिने फोहरका कारण त्यहाँका व्यापारीलगायत बटुवा नाक थुनेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय दीपक ठाकुर बताउँछन् । रोकारवाला निकायले ध्यान नदिएको कारणले गर्दा समेत जनकपुर नगर अहिले दुर्गन्धित बनेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top