२९ कात्तिक, एजेन्सी । फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आउँदो डिसेम्बर महिनासम्म गरिने भएको छ ।
यो लकडाउनको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सञ्चालन गर्न नपाइने फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले बताएका छन् ।
केही समयअघि फ्रान्सको सरकारले सङ्क्रमितहरु पहिलेको तुलनामा निकैनै बढ्न थालेपछि लकडाउन गरेको हो ।
प्रधानमन्त्री क्यास्टेस्कले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकैनै रहेको देखिएको बर्ताका छन् ।
उनका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्याङ्क हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना सङ्क्रमितहरु थपिने गरेका छन् ।