१२ कात्तिक, एजेन्सी ।
बङ्गलादेशको राजधानी ढाकामा फ्रान्सको सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुतला जलाएकाे बीबीसीले जनाएको छ ।
इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बङ्गलादेशमा विरोध प्रदर्शन भएको हो । प्रहरीकाे अनुमानअनुसार फ्रान्सविरुद्धकाे विराेधमा झण्डै ४० हजार मानिसहरु सहभागी थिए । याे कार्यक्रमकाे आयाेजना इस्लामी आन्दाेलन बङ्गलादेशले गरेकाे हाे । याे बङ्गलादेशकाे ठूलाे इस्लामिक पार्टीमध्ये एक हाे ।
प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिष्कारकाे नारा लगाइरहेका थिए र राष्ट्रपति म्याक्राेँलाई सजाय दिन माग गरिरहेका थिए ।
दुईसाता अघि फ्रान्सको एउटा विद्यालयका एकजना शिक्षकले इस्लाम धर्मगुरु पैगम्बर माेहम्मदलाई लिएर छापिएकाे एक कार्टुनकाे नक्कल गरेपछि उनको हत्या भएको थियो। घटनालगत्तै फ्रान्सका केही भवनहरुमा पैगम्बर मोहम्मदको अपमानजनक तस्बिर र चित्रहरु बनाइएपछि फ्रान्सलाइ धर्मविरुद्ध गतिविधिमा कडाइ गर्न इस्लाम धर्म समर्थकहरुले दबाब दिएका हुन । तर राष्ट्रपति म्याक्रोंले बुधबार पैगम्बर मोहम्मदको अपमानजनक कार्टुन प्रकाशित गर्न रोक्नु ,अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध हुने बताएपछि उनीविरुद्ध अरब लगायत मुस्लिम बाहुल्य देशमा विरोध प्रदर्शन भएकाे हाे ।
गएकाे सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेआनले पनि फ्रान्सका सामान बहिष्कार गर्न आफ्ना नागरिकलाई आह्वान गरेका थिए । त्यसपछि युरोपेली देशका सरकारले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको समर्थन गर्दै टर्कीका राष्ट्रपति अर्दाेआनको आलोचना गरेका थिए ।
इस्लाम धर्मगुरुको अपमान गरिएको भन्दै पाकिस्तान, बंगलादेश, प्यालेस्टाइन , सिरिया इजिप्ट लगायतका अरव तथा इस्लाम धर्म बाहुल्य देशहरुमा व्यापक प्रदर्शन भइरहेकाे छ।