बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित

२६ असोज ७७, मंगलबार

२७ असाेज, एजेन्सी ।

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकारले हालै कानुन संशोधन गरी बलात्कारको अपराधको हकमा अधिकतम सजायको रुपमा मृत्युदण्डसम्म दिन सकिने कानुनी प्रावधान जारी गरेकाे हाे।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट यही मंगलबार उक्त कानुन जारी हुनेछ । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement

राजधानी ढाकामा गरिएको प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए । अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष ५ हजार ४ सय जना बलात्कारको सिकार भएका थिए ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको बीबीसीको समाचारमा उल्लेख छ । मन्त्री हरुले अहिले संसद्को सत्र चालु नभएकाले अध्यादेश जारी गर्नुपरेको बताए ।

निर्णयको चौतर्फी स्वागत हुने अपेक्षा गरिएको छ । तर कपितय अधिकारकर्मीले बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

एक मानव अधिकारवादी संस्थाका अनुसार बंगलादेशमा ९ महिनामा कम्तीमा ९ सय ७५ जना महिला बलात्कृत भएका थिए । तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका भएको ऐन ओ सलिस केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पीडितमध्ये ४३ जनाको हत्या गरिएको र १२ जनाले आत्महत्या गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top