नेपालमा दुुधिलो रङको करेत सर्प भेटियो

२६ असोज ७७, मंगलबार

काठमाडौँ : विश्वमै पहिलो पटक दुधिलो रङको दुईवटा सेतो करेत सर्प नेपालमा फेला परेको छ । दुईवटा दुधिलो सेतो रङको करेत जनकपुरमा फेला परेको हो ।

कोरोना भाइरस (कोभिड–१९) बन्दाबन्दीको समयमा वैशाख–जेठमा धनुुषाको किसनपुरमा सेतो दुधिलो रङको करेत सर्प फेला परेको छ । मिथिला वाइल्ड लाइफ ट्रस्टका सदस्यहरूले सेतो सर्प देखेपछि त्यसकोे उद्धार गरेका थिए । कालो, खैरो र मिश्रित रङका करेत सर्प पाइन्थे तर सेतो रङको अचम्मको सर्प देखेपछि स्थानीय समेत अन्योलमा परे । ट्रस्टका सदस्य गणेश शाहले उद्धार गरेर सर्पका बारेमा अध्ययन गरिरहेकालाई खबर गर्नुभयो ।

नेपालमा छ प्रजातिका करेत सर्प पाइन्छ । जसमध्ये कमन करेत जताततै पाइन्छ । यसको डसाईमा पर्ने मानिसको सङ्ख्या बढी हुन्छ । छवटा प्रजातिमध्ये दुईवटा प्रजातिको करेत दुधिलो रङमा विश्वमै पहिलो पटक फेला परेको दाबी अध्येता कमल देवकोटाले गर्नुभयो । ग्रेटर ब्ल्याक करेत अधिक विषालु सर्प हो । यही प्रजातिमा पूरै दुधिलो सेतो रङको करेत नेपालमा फेला परेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

उहाँसँगै अध्येता देवनारायण मण्डल, गणेश शाह, मार्क ओशिया र हिनरिच कैशरले विश्वव्यापी रूपमा यस प्रजातिको अध्ययन थाल्नुभयो । “अध्ययनका क्रममा करेत हो भनेर त थाहा भयो तर कुन प्रजातिको हो भनेर पत्ता लगाउन थप अध्ययन ग¥याैँ,” देवकोटाले भन्नुभयो ।

उहाँका अनुसार करेतको हरेक प्रजातिको फरक थाहा पाउन यसका कत्ला, आँखा र ढाडको बनावटको विस्तृत अध्ययन गर्नुपर्छ ।

झण्डै चार महिनाको अथक् अध्ययनपछि यो दुर्लभ सेतो करेत सर्प विश्वका अन्यत्र नपाएको निधो गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरियो । जस अनुसार यो दुई प्रजातिमा सेतो दुधिलो रङको करेत सर्प नेपालमा मात्र पाइएको उल्लेख छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top