बच्चामा मोटोपनको समस्या भएमा के मा ध्यान दिने ?

१ असोज ७५, मंगलबार

तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ।ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ।

बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन।त्यसो गरेमा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन् जसले मोटोपना निम्त्याउँछ।

के मा ध्यान दिने?
अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमाहरूलाई घरमै बच्चा जन्मिएको भए छ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाहरूको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए।

Advertisement

नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुवाको भन्दा आमाको बढी भूमिका हुन्छ।

त्यसरी दिइएको सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए।

Advertisement

ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाहरूको उचाइ र तौलको अनुपात कम देखियो।

यस्तो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो।अनुसन्धानकर्ताहरूले नौ वर्षको उमेरसम्म उनीहरूमाथिको अनुगमन गरिराख्छन्।

यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कँदो उमेरका साना बालबालिकाहरूको मोटोपनाको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्त्वपूर्ण हुन्छ।

“सानै उमेरमा मोटोपना भएका बालबालिकाहरूमा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ।”तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ।

“बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन् … यो चक्रमा तपाईँ कहाँ फेरबदल गर्नुहुन्छ?”

“हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ।”ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालको समस्याहरू देखाउँछ।

प्राथमिक विद्यालय सुरु गर्नु अगावै त्यहाँ झन्डै एकचौथाइ बालबालिकाहरूमा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो सङ्ख्या झन्डै एकतिहाइ पुगिसकेको हुन्छ।

रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्‍याउने बताएकी छन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top