NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

बढ्दो बलात्कार ग्राफ : उन्मुक्तिले अपराधीको मनोबल बढायो

शुक्रबार अशोज २ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : गत सोमबार सप्तरी डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया किशोरी खेतमा जमेको पानी बगाउन जाँदा गाउँकै चार युवकबाट सामूहिक बलात्कारको सिकार भइन् । रगत लतपतिएको लुगा खेतको पानीले पखालेर घर फर्केकी किशोरीले आमालाई घटनाबारे बेलिविस्तार लाइन् । पिताको चार वर्षअघि नै मृत्यु भइसकेकाले आमाले नै निसाफका लागि जातीय मान्यजन गुहारिन् ।

जातीय मान्यजनले पञ्चायत डाके । पञ्चायतमा किशोरीले रुँदै घटना बयान गरिन् । उनका अनुसार खेतको पानी बगाउन कोदालाले आली काटिरहेको बेला उनलाई पछाडिबाट चारजनाले समातेर धानखेतको पानीमा लडाए । सुनसान चौरीमा बचाउबचाउको चित्कार कसैले सुनेनन् ।

चिच्याउन नछाडेपछि मुखमा कपडा कोचेर आवाज बन्द गरिदिए र पालैपालो बलात्कार गरे । बेहोस भएपछि उनीहरू भागे । होस खुलेपछि उठ्न खोज्दा सकिनन् । चुरा फुटेको, कपाल फुकेको, कपडामा हिलो लागेको अवस्थामा उनी घर आइपुगिन् । उनी पीडाले छटपटाइरहेकी थिइन् ।

LS Auto

किशोरीकी आमाले रुँदै बिन्ती गरिन्, ‘मेरी छोरीलाई निसाफ दिलाउनुस् ।’ भेलामा सहभागी पञ्चहरूले घटना सत्य भएको ठहरसहित आरोपितहरूबाट जनही २५ हजारका दरले जरिवाना भराउने निर्णय सुनाए । पञ्चायतको यस निर्णयमा असहमति जनाउँदै पीडित पक्षले कानुनी दण्डको माग गर्याे । समाजमा बस्ने भए पञ्चायतको निर्णय मान्नुपर्ने फरमान जारी भयो । कानुनी कारबाहीमा गए गाउँको बदनामी हुने भन्दै पञ्चायतले प्रहरीमा जान रोक लगायो ।

आफ्नो सर्वस्व हरण गर्नेलाई पञ्चायतले कारबाहीबाट उम्काएकोप्रति असन्तुष्टिसहित घर फर्केकी किशोरी बेचैन थिइन् । सोही रात उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरिन् । आत्महत्याको अनुसन्धानका क्रममा मात्र प्रहरीलाई बलात्कारको घटनाबारे थाहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष ख्डकाले बताए । पञ्चायतको गलत निर्णयबाट थप पीडित भएर युवती आत्महत्या गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । बलात्कारजस्तो घटनालाई ढाकछोप गरिएको आरोपमा सोही गाउँका जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । बलात्कार आरोपित चारैजना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘बलात्कारजस्तो जघन्य अपराधलाई पञ्चायत भनेर ढाकछोप गर्न खोज्नु पनि अपराध हो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘पञ्चहरूकै कारण प्रहरीसम्म समयमा सूचना नै आएन । पीडित किशोरीले आत्महत्या गरिसकेपछि मात्र सूचना आयो ।’ घटनास्थलबाट बलात्कारका संकेत चिह्नहरू, फुटेका चुरा, रगतका टाटा, मडारिएको धानखेतको दृश्य संकलन गरिएको उनले बताए ।

बलात्कारको घटना ढाकछोप गर्न गाउँमा घन्टौं पञ्चायती हुँदा पनि वडाध्यक्ष रामनारायण चौधरीले सुइँको पाएनन् । ‘मलाई कसैले जानकारी नै गराएनन् । पीडितको र मेरो घरको दूरी मुस्किलले ५ सय मिटरमात्र छ,’ उनले भने, ‘उनीहरूको जातीय मान्यजनले गरेको पञ्चायतमा अरू जातिका मान्छे सहभागी गराइएको थिएन,’ उनले भने, ‘पीडक र पीडित एउटै जातिका भएकाले जातीय मान्यजनले पञ्चायतीबाट घटना मिलाउन खोजेका थिए ।’ भदौ १८ गते सिरहाको मिर्चैया नगरपालिका–७ की युवती दुई युवक साथीसँग घुम्न चुरे जंगलतर्फ गएकी थिइन् ।

उनीहरू आपसमा गफिइरहेका बेला पाँच युवक त्यहीं आइपुगे । उनीहरूले युवतीलाई तानेर जंगलतिर लग्न खोज्दा दुई युवतीले प्रतिकार गरे । पाँचजनाको समूहसामु उनीहरूको जोर चलेन । दुवैलाई रूखमा बाँधेर युवतीलाई जंगलतिर लगे । युवती जति चिच्याए पनि सुन्ने कोही थिएनन् । एकान्त जंगलका बीचमा ती युवतीलाई पाँचैजनाले पालैपालो बलात्कार गरे । बलात्कृत युवती बेहोस भइन् । होस खुलेपछि रगतले लतपतिएको लुगासहित रूखमा बाँधिएका साथीनजिक पुगिन् । पीडित युवतीले साथीको डोरी खोलिदिइन् । तिनै साथीले युवतीलाई घरसम्म पु¥याइदिए ।

पीडाले छटपटाइरहँदा पनि युवतीले घरमा घटना सुनाउन सकिनन् । कारण, बुवाले थाहा पाए उल्टै दण्डित हुनुपर्ने डर । सौतेनी आमासँग पनि उनले पीडा व्यक्त गर्न सकिनन् । घटनाको सूचना सिरहा प्रहरीसमक्ष चुहियो । प्रहरी पीडित युवतीसम्म पुग्यो । ‘सूचना आएलगत्तै महिला प्रहरीलाई युवतीको घर पठायौं,’ सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर पन्जियारले भने, ‘युवतीले सम्पूर्ण घटना महिला प्रहरीसँग बयान गरिन् ।’ तर पीडकमाथि कानुनी कदम अघि बढाउन उनी हच्किरहेकी थिइन् ।

बदनाम पो हुने हो कि रु पीडकमाथि कारबाही होला नहोला रु परिवारमाथि जोखिम पो बढ्ने हो कि रु यी र यस्ता प्रश्नले उनी व्याकुल बनिरहेकी थिइन् । पीडा सहेर चुपचाप बस्दा अपराधीको मनोबल बढ्ने र जाहेरी दिए दोषीहरू कानुनी कारबाहीको भागीदार बन्ने विश्वास प्रहरीले दिलाएपछि युवती जाहेरी दिन तयार भइन् । प्रहरीले बलात्कारमा संलग्न पाँच प्रतिवादीमध्ये गोलबजार नगरपालिका–७ र १० का दीपेन्द्र मुखिया र दिनेश यादवलाई पक्राउ गरी कारबाही अघि बढाएको पन्जियारले बताए । पहिचान भइसकेका बाँकी तीन प्रतिवादीको खोजी जारी छ ।

पछिल्ला दुई सातायता सप्तरी र सिरहामा घटेका यी दुई घटना प्रतिनिधिमूलक दृष्टान्त हुन् । साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । धनुषामा बलात्कारका १० घटनाका १५ प्रतिवादीमध्ये १४ पक्राउ परेका छन् भने एकजना फरार छन् । महोत्तरीमा भएका १२ बलात्कार घटनाका १४ प्रतिवादीमध्ये ६ जना पक्राउ परेका छन् भने आठजना फरार छन् । सर्लाहीमा बलात्कारका आठ घटनाका १० प्रतिवादीमध्ये सातजना पक्राउ परेका छन् भने तीनजना फरार छन् । रौतहटमा आठवटा बलात्कार घटनाका १० प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । बारामा ६ वटा बलात्कार घटनाका ६ प्रतिवादीमध्ये दुईजना पक्राउ परेका छन् भने चार फरार छन् । पर्सामा सातवटा बलात्कार घटनाका सात प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने दुई फरार छन् ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा यस प्रदेशमा साउनमा ३९ र भदौमा ३१ वटा बलात्कार घटना दर्ता भएको छ । ‘बेटी पढाओ, बेटी बचाओ’ नारा बोकेको यस प्रदेशमा बलात्कारको त्रिवर्षीय तथ्यांकले बेटी (छोरी) कतिसम्म असुरक्षित छन् भने दर्साउँछ । तथ्यांकअनुसार विगत वर्षहरूको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ सय ७० वटा बलात्कार घटना दर्ता भएकोमा २०७५/७६ मा २ सय ९६ घटना दर्ता भए । आर्थिक वर्ष २०७६/७७ मा २ सय ९२ वटा बलात्कार घटना भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ७० वटा घटना दर्ता भइसकेका छन् ।,यो समाचारर नागरिक दैनिकमा छ ।

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.