बर्दियामा फेरि बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

२ साउन ७८, आइतबार

३ साउन, बर्दिया ।

बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ७० वर्षका गोरे थापाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीमकुमार थापाले जानकारी दिए।

भैँसी चराउन गएपछि हिजोदेखि हराइरहेका गोरे थापालाई निकुञ्जका हात्तीको सहयोगमा खोजी गर्दा शिवपुर फाँट नजिकै ओराही खोला किनारमा शव भेटिएको निकुञ्जले जनाएको छ ।

Advertisement

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्ष भित्र १२ जनाको ज्यान गएको छ । यो आर्थिक वर्षसहित दुई वर्ष बर्दियामा पाटेबाघबाट २२ र जंगली हात्तीबाट २ गरि २४ जनाले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म मान्छेलाई आक्रमण गर्ने चारवटा पाटेबाघलाई बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । बर्दियामा पाटेबाघ र जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेकोले निकुञ्ज र डिभिजन वन कार्यालयले मानव वन्यजन्तुुबीच द्वन्द्व न्यूनीकरण गर्ने र मानव वन्यजन्तु सहअस्तित्व कायम गर्ने प्रयास गरिरहेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए ।

तर बर्दिया निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनका सामुदायिक वन क्षेत्रहरुमा मानिसहरूको प्रवेश गर्ने क्रम नघट्दा पाटेबाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top