प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप

३ साउन, काठमाडौं ।

Advertisement

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले ह्वीप जारी गरेको हो । प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।

Advertisement

गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top