बाँकेका विभिन्न अस्पतालमा थप १७ जना संक्रमितको मृत्यु

५ जेष्ठ, काठमाडौँ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ६ः३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, ३ जना बर्दिया, २/२ जना दाङ, रूकुम पश्‍चिम र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका– १८ की ७३ वर्षीया महिलाको मंगलबार साँझ ५ः १५ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका–६ का ४५ वर्षीय पुरूषको मंगलबार राति ९ बजे र नेपालगञ्‍ज उपमहानगरपालिका–४ का ६७ वर्षीय पुरूषको बुधबार विहान ४ बजे मृत्‍यु भएको छ ।

Advertisement

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै कोहलपुर नगरपालिका–१२ का ४१ वर्षीय पुरूषको मंगलबार साँझ ८ः३५ बजे, राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीय महिलाको मंगलबार राति ११ः३० बजे, कोहलपुरु नगरपालिका ११ की ५८ वर्षीया महिलाको बुधबार विहान ३ बजे मृत्‍यु भएको छ ।

बाँकेकै नेपालगञ्‍ज उपमहानगरपालिका २ का ६१ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र कोहलपुर नगरपालिका ४ का ४२ वर्षीय पुरूषको बुधबार विहान ४ः १५ बजे नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

Advertisement

यस्तै भरी अस्पतालमा उपचाररत बढैयाताल गाउपालिका–२ बर्दियाका डद्ध वर्षीय पुरूषको मंगलबार राति ८ः४५ बजे, ठाकुरबाबा नगरपालिका ९का ६३ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र ठाकुरबाबा नगरपालिका १ की ३८ वर्षीया महिलाको बुधबार विहान ५ः१५ बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत गढवा गाउँपालिका–७ दाङकी ३० वर्षीया महिलाको मंगलबार साँझ ५ बजे मृत्‍यु भएको छ भने तुलसीपूर उपमहानगरपालिका–२ दाङका ६५ वर्षीय पुरूषको भरी अस्पतालमा उपचारको क्रममा बुधबार विहान ५ः३० बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत त्रिवेणी गाउँपालिका–१ रूकुम पश्‍चिमकी २७ वर्षीया महिलाको बुधबार विहान ४ बजे र सानोभेरी नगरपालिका ११ का ३६ वर्षीय पुरूषको मंगलबार राति ८ः ३० बजे मृत्‍यु भएको छ ।

यस्तै भरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१६ कैलालीका २८ वर्षीय पुरूषको बुधबार विहान २ बजे र लम्कीचुहा नगरपालिका–५ कैलालीकी ६८ वर्षीया महिलाको बुधबार विहान ६ः३० बजे मृत्‍यु भएको छ ।

योसँगै बाँकेमा जिल्ला भित्रका २५३ जना र जिल्ला बाहिरका २०९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top