बाँकेको परिस्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

१९ बैशाख, बाँके । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतवार (आज) टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए ।

Advertisement

कुनै गम्भीर विषय भएमा सीसीएमसीले हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उहाँले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए ।

प्रजिअ गेलालले बाँकेको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालमा बढिरहेको, अस्पतालमा शय्याको अभाव भएको, मेडिकल डाक्टरको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालका रूपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए । उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सीसीएमसीका तर्फबाट सम्बोधन गरिने बताए ।

Advertisement

उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रजिअलाई निर्देशन दिनएका छन् ।

उनले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top