१६ जेठ, काठमाडौं ।
बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गतेसम्मका लागि स्थगित गरेका छन् ।
सांसद् चापागाईको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो ।