बादललाई मत दिन राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा ह्वीप जारी

५ जेष्ठ, काठमाडौँ । भोलि जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिन ह्वीप जारी गरेको छ।

बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको हो।

बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

Advertisement

यहाँ माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार छन्।

वागमती प्रदेशमा राप्रपाको कुल १ सय ३२ मतभार छ।

Advertisement

आगामी ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ। निर्वाचनमा गृह मन्त्रीसमेत रहेका एमालेका उम्मेद्ववार रामबहादुर थापा बादल र कांग्रेस–माओवादी समर्थनमा उम्मेदवार बनेका खिमलाल देवकोटा प्रमुख प्रतिसपर्धी हुन्।

निर्वाचनमा वागमती प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत हाल्न पाउनेछन्। एमालेसँग भएको गणितलाई आधार मान्ने हो भने बादलले सहजै चुनाव जित्नेछन्। तर एमालेको गणित एमालेको पक्षमा मात्रै छैन। किनकि, कांग्रेस–माओवादी समर्थनमा उम्मेद्वावार बनेका देवकोटालाई एमाले वरिष्ठ नेता झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल पक्षको समर्थन छ। नेता नेपालकै आग्रहमा कांग्रेस–माओवादीले देवकोटालाई साथ दिएका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा एक प्रदेश सांसदको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुकको समान १८्१८ मतभार हुन्छ।

सबैभन्दा बलियो मानिएको एमालेको मतभार ५ हजार १ सय ३० छ। कांग्रेसको २ हजार २ सय ८० छ भने माओवादी केन्द्रको १ हजार ६ सय ९८ हुन्छ। तर आफूहरूसँग १ हजार ७ सय ४ मतभार रहेको खनाल–नेपाल पक्षको दावी छ। त्यसैले एमालेको मत विभाजित छ। यसमा केही तलमाथि भए पनि देवकोटाले सहजै निर्वाचन जित्ने उनीहरूको दावी छ।

खिमलालको हकमा आफ्ना पक्षका मतदाता तलमाथि नहुने खनाल–नेपाल पक्षीय एक प्रदेश सांसदले सेतोपाटीलाई बताए।

२०७५ जेठ २ मा जान आफू तयार भएको भनेर ओलीले पार्टी बैठक बोलाइदिएको भए सबै कुरा मिलिसक्ने भन्दै ती प्रदेश सांसदले कार्यदलले समेत काम गर्न सक्नेमा आशंका व्यक्त गरे।

ओलीले पछिल्लो समय पार्टी एकताका लागि गरेको प्रयास बादल जिताउने रणनीति मात्रै भएको खनाल–नेपाल पक्षधर वागमती प्रदेश सांसदको आशंका छ। आफूहरूलाई अहिले पनि ओलीले दाउपेच गरेको जस्तै लागेकाले दाउपेचको शिकार नहुने उनीहरूले चेतावनीसमेत दिएका छन्।

निर्वाचनका लागि सहयोग माग्न बादल आज मात्रै नेपाल निवास कोटेश्वर पुगेका थिए। तर नेपालले खिमलाललाई यसअघिनै आफूले सहयोग गर्ने बचन दिइसकेको बताएका थिए।

बादललाई वागमती प्रदेशमा १ सय ३२ मतभार रहेको राप्रपाले समेत सहयोग गर्ने भनेको छ। १ सय ३२ नै मतभार रहेको नेमकिपाले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ। १ सय ४४ मतभार रहेको विवेकशील साझा पार्टीले कुनै निर्णय गरेको छैन। ६६ मतभार रहको जसपा बादलको विपक्षमा छ।

एमाले महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले बादललाई मत दिन आफ्ना प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष्उपाध्यक्षलाई ह्वीप जारी गरेका छन्। उनले बादललाई राखेर ओली पक्षधर जनप्रतिनिधिसँग छलफलसमेत गरेका थिए।

वागमती प्रदेशकी सांसद रचना खड्काले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले कुनै किसिमको ह्वीप जारी नगरेको दाबी गरिन्।

अर्का सांसद लक्ष्मण लम्सालले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षले बादललाई उम्मेदवार बनाएको र वरिष्ठ नेता नेपाल पक्षले खिमलाललाई उमेदवार बनाएको प्रतिक्रिया दिए।

‘कमरेड बादल पनि एमाले उम्मेदवार होइन र खिमलला पनि होइनन्’, उनले भने, ‘दुवै उम्मेदवार आफूहरूका लागि उस्तै हो।’

बादल २०७४ सालमा बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। एमाले–माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादलको कार्यकाल ६ वर्षको थियो। तर २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादी एकता भंग गरिदिएसँगै बादल एमाले प्रवेश गरेका हुन्। बादल एमाले बनेपछि उनको पूर्व पार्टी माओवादीले कारबाही गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top