चीनको सेन्जेनस्थित एक ७३ तले भवन अचानक हल्लिएपछि अनुसन्धान हुँदै

५ जेष्ठ, एजेन्सी । दक्षिणी चीनको सेन्जेन शहरस्थित एक ७३ तले भवन अचानक हल्लिएको छ। मंगलबार दिउँसो उक्त भवन हल्लिँदा आसपासको क्षेत्रमा भूकम्पको धक्का आएका थिए।

Advertisement

अचानक कम्पनको महसुस भएपछि एसईजी प्लाजा रहेको ७३ तले भवनलाई तुरून्तै खाली गरिएको थियो।

९८० फिट उचाइको उक्त भवनमा रहेका मानिसहरूले हल्लिएको महसुस गरेका थिए।

Advertisement

मौसमको रिपोर्टअनुसार त्यतिबेला हावा २७ किलोमिटर प्रतिघन्टाको गतिमा थियो। जसले यति ठूलो भवनलाई हल्लाउने क्षमता राख्दैन।

उक्त भवन कसरी हल्लियो भन्नेबारे अहिले चिनियाँ अधिकारीहरूले अनुसन्धान थालेका छन्।

Advertisement

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार स्थानीय प्राधिकरणलाई साढे १२ बजे भवन हल्लिएको खबर प्राप्त भएको थियो। खबर पछि दुई बजेसम्म भवनलाई खाली गराइएको थियो।

चिनियाँ मिडियाका अनुसार त्यो भवन २० वर्ष पुरानो हो। भवनमा इलेक्ट्रोनिक्सको बजार लाग्ने गरेको छ। सो भवनलाई चीनको सेन्जेन शहरको एक चर्चित सपिङ मल मानिन्छ।

सामाजिक सञ्जालमा यस भवनका भिडिओ सेयर भएका छन्। जसमा मानिसहरू दौडिँदै बाहिरिएको देखिन्छ।

अचानक भवन हल्लिएपछि त्यसो हुनुको कारण के होला भन्ने जिज्ञासा सिर्जना भएको छ। सामाजिक सञ्जालमा मानिसहरूले भूकम्पबिना नै यो भवन कसरी हल्लियो भन्नेबारे जिज्ञासा राखेका छन्।

’बिल्डिङ आसपासका जमिनमा कुनै दरार देखिएको छैन। बिल्डिङको बाहिरपट्टि कुनै क्षति भएको छैन। त्यसैले यसरी बिल्डिङ हल्लिनु चिन्ताजनक छ। हामी यसबारेमा विस्तृत अनुसन्धान गरिरहेका छौं,’ स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

घटनामा कुनै मानविय क्षति तथा कसैलाई चोट पटक भने लागेको छैन।

एसईजी प्लाजा २००० सालमा बनेको थियो। यो चीनको सबैभन्दा अग्ला भवनमध्ये एक हो। उचाइका आधारमा यो भवन चीनको १०४ औं नम्बरमा छ भने विश्वभरका भवनमध्ये २१२ औं स्थानमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top