पश्चिम नवलपरासीमा प्रहरीको गोली लागी एक युवक घाइते

५ जेठ ७८, बुधबार
Share this
752shares

५ जेष्ठ, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।

Advertisement

प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राजभर घाइते भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

भारतीय सीमा क्षेत्रतर्फ जाँदै गरेका ४/५ जना युवालाई सीमामा खटिएको प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि नै जाई लागेछन्, पछि गाउँका थप युवाले समेत प्रहरीमाथि आक्रमण गर्न खोज्दा आत्मरक्षाको लागि चलाएको गोलीले युवा घाइते भएका छन्, प्रमुख जिल्ला अधिकारी मिश्रले भने।

Advertisement

सुरुमा युवाहरूलाई सम्झाउदा नमानेपछि हवाई फायर गरेको र त्यति गर्दा पनि प्रहरीमाथि नै जाई लागेपछि गोली चलाउन बाध्य भएको उनले बताए।

घुँडामुनि गोली लागेका राजभरको सहिद स्मृति अस्पताल बर्दघाटमा उपचार हुन नसकेपछि युनिभर्सल कलेज अप मेडिकल साइन्सेजमा लगिएको मिश्रले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top