१४ भदौ, काठमाडौँ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केहीबेरअघि मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा समीक्षा हुँदैछ। बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने पनि अनुमान गरिएको छ।