सुनसरी, चैत २२
सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जमा शुक्रबार बिद्युत सर्ट भई आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन् ।
बिहान सवा ८ बजे हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई सोही ठाउँका रहमान मन्सुरीको घरमा आगलागी हुँदा छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घरमा समेत आगलागी भएको थियो ।
उक्त आगलागी ईनरुवा, ईटहरी, दुहबीबाट गएको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ ।