२० आश्विन, बुटवल ।
प्रदेश ५ को राजधानी र नामाकरणको विवादकाबीच प्रदेश सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । सामाजिक विकासमन्त्री सुदर्शन बरालका अनुसार बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ ।
बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा समेटिन लागेका हुन् ।