बुधबारदेखि काठमाडौंबाट पर्यटकीय बस सेवा शुरु हुने

१७ कात्तिक ७७, मंगलबार

१७ कात्तिक, काठमाडौं ।

देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा शुरु गर्ने भएको छ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालिले कात्तिक १९ गते बुधबारदेखि औपचारिकरुपमा देशका प्रमुख पर्यटकीयस्थलमा दिवा तथा रात्रि पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो ।

प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको छ । उक्त बस सेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै छुट्नेछन् ।

Advertisement

पछिल्लो समय विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै आठ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गर्न लागिएको प्रालीका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताउछन् ।

“रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्न लागेका छौँ”, उनी भन्छन् । प्रालीले मुख्यमुख्य पर्यटकीयस्थललाई लक्षित गरेर दिवा तथा रात्रिकालीन बस सेवा सञ्चालन गर्न लागेको कार्यकारी निर्देशक आचार्यको भनाइ छ ।

Advertisement

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नु अगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र सेनिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालीका बजार व्यवस्थापक प्रहलाद लोहनी बताउँछन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगित गरिएको थियो । प्रालिले शुभारम्भको एक साताका लागि काठमाडौँदेखि देशका विभिन्न स्थानमा जानका लागि भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था गरेको बजार व्यवस्थापक लोहनी बताउँछन् ।

अहिले काठमाडौँदेखि मुख्य पर्यटकीयस्थललाई लक्षित गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ ।

कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका थिए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top