शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले धरौटी नलिने

१७ कात्तिक ७७, मंगलबार

१७ कात्तिक, काठमाडौँ।

Advertisement

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ ।अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताए ।

यसअघि अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्दा रु २० देखि ५० सम्म धरौटी राख्नुपर्ने बताएको थियो । अस्पतालले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीले निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ ।

Advertisement

उहाँले अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्क रुपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरु निःशुल्क रुपमा व्यवस्था गरिँदै आएको समेत जानकारी दिए ।

सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीका मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो ।

Advertisement

अस्पतालका निर्देशक डा. राजभण्डारीले विनाशुल्क कोभिड–१९ का सङ्क्रमितको उपचार नै नगरिने भन्ने दुष्प्रचार र भ्रमबाट मुक्त हुँदै आवश्यक परेका बेला अस्पतालले निःशुल्क रुपमा सङ्क्रमितको उपचार गर्ने समेत बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top