बेइजिङमा थप ३६ जनामा संक्रमण पुष्टि, स्थानीय अधिकारी बर्खास्त

१ असार, एजेन्सी ।
चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ पुगको छ ।

सोमबार थप ३६ जनामा संक्रमण पुष्टि भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुरले जानकारी दिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार थप चीनभरमा ४९ जनामा कोरोनाभाइरसको संक्रमण फेला परेको जनाएको छ । यसमध्ये ३९ जना स्थानीय संक्रमण र १० जना विदेशबाट चीन आएका रहेका छन् ।

स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ जना बेइजिङको छिमेकी प्रान्त हिबेईका रहेका छन् । ५५ दिनसम्म संक्रमित फेला नपरेको बेइजिङमा जुन ११ यता ७९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चीनमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरको चिन्ता शुरु भएको छ ।

Advertisement

फेला परेका नयाँ संक्रमित सिन्फादी होलसेल बजारसँग जोडिएका छन् । बेइजिङको दक्षिणपश्चिममा रहेको फेङताई जिल्लामा यो बजार रहेको छ । संक्रमितहरु यस बजारका ब्यापारी र ग्राहक रहेका छन् । नयाँ संक्रमित फेला परेसँगै जिल्लाका उपप्रमुखसहित अन्य स्थानीय अधिकारीहरुलाई कारवाही गरिएको सरकारले जनाएको छ ।

कोभिड–१९ नियन्त्रणको जिम्मेवारी असफल भएको भन्दै फेङताई जिल्लाका उपप्रमुख झोउ युकिङलाई पदबाट बर्खास्त गरिएको छ । जिल्लामा युद्धकालिन अवस्था घोषणा गर्दै बजारको वरपर रहेका ४६ हजार वासिन्दाको परीक्षण गर्ने तयारी गरिएको छ ।

Advertisement

नयाँ संक्रमित फेला परेसँगै बजारलाई बन्द गरिएको छ भने ११ आवासीय क्षेत्रमा लकडाउन लागू गरिएको छ । विद्यालयहरु पनि बन्द गर्न लगाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङमा फेला परेका पहिलो संक्रमितलाई गत जुन ९ मा लक्षणहरु देखापरेको थियो भने जुन ११ मा संक्रमण पुष्टि भएको थियो ।

चीनमा शनिबार पुष्टि भएका १९ मध्ये १७ आयातित संक्रमित दक्षिण एसियाका रहेका छन् । गुवाङडोङ प्रान्तमा भेटिएका उनीहरुमध्ये १४ जना बंगलादेश र ३ जना भारतबाट आएका थिए । हालसम्म चीनमा ८३ हजार १८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने १७७ जनाको उपचार भइरहेको छ ।

दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top