×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

नेपालको पहिलो विद्यार्थी आन्दोलनः जयतु संस्कृतम्

१ असार २०७७

१ असार, काठमाडौँ ।
नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् इतिहासमा विशिष्ठ महत्व राखेको छ ।

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

Advertisement
Advertisement

सोमबार (असार १ गते) ७४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाईँदैछ । आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानिया राणा शासनको विरुद्धमा केन्द्रित भएको थियो ।

राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानिया विरोध गर्दै देशभर जागरण फैलाएका थिए । यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरू भारतको बनारस पुगेका थिए । बनारसमा राणाशासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहेका कांग्रेसका संस्थापक वीपी कोइरालालगायत नेतासँग जयतु संस्कृतमका अगुवाहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए ।

त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष जयतु संस्कृतम दिवस मनाउने गरिन्छ । आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतमलाई संस्थागत स्वरुप दिई विधिवत रूपमा दर्ता गरिएको थियो ।

त्यसै वर्षदेखि संस्थागत रूपमा जयतु संस्कृतम दिवस मनाउन थालिएको हो । यस अवसरमा सोमबार बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा. बद्री पोखरेलले जानकारी दिए ।

विगत वर्षमा दिवसका अवसरमा पदयात्रा र उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने गरिएकामा यस वर्ष बन्दाबन्दीका कारण स्थगित गरिएको जनाइएको छ । दिउँसो भने जुम प्रविधिका माध्यमबाट संस्कृत छात्र सङ्घले १ः१५ बजे नेपालमा लोकतन्त्रको जागरण र स्थापनामा जयतु संस्कृतम् आन्दोलनको भूमिका’ विषयमा अन्तरक्रिया आयोजना गर्दैछ ।

कार्यक्रममा पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सांसद पुष्पा भुसाल गौतम, संयुक्त राष्ट्र सङ्घका पूर्वनेपाली राजदूत डा. जयराज आचार्यलगायतले सम्बोधन गर्ने छन् ।

Advertisement
Advertisement

जयतु संस्कृतमले दिउँसो ४ः३० बजे जुम प्रविधिबाट नै गर्ने कार्यशाला गोष्ठी कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका प्रा. डा. माधवप्रसाद पोखरेलले ‘नेपालका भाषाहरूको संरक्षणमा संस्कृतको योगदान’, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. जगमान गुरुङले नेपालको सांस्कृतिक वैभव र समन्वयमा संस्कृत’, नेपाल संस्कृत विश्वविद्यलयका कुलसचिव प्रा. माधव अधिकारीले ‘संस्कृतको विकास र नेपाल संस्कृत विश्वविद्यालय’, अमेरिकाको स्यान्डियागो विश्वविद्यालयमा संस्कृत प्राध्यापन गरिरहनुभएका प्रा. स्थानेश्वर तिमल्सिनाले ‘संस्कृतको अन्तर्राष्ट्रिय परिवेश’ विषयक प्रस्तुति गर्ने अध्यक्ष पोखरेलले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top