११ मंसिर , काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच शीतलनिवासमा भेटवार्ता,
प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई गराए जानकारी,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते गरेको दुईदिने भारत भ्रमणका उपलब्धि र अनुभवबारे ब्रिफिङ,
मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा समेत छलफल,
यसअघि भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएका बेला यसपटक प्रधानमन्त्री आफैँ शीतलनिवास पुगेर भ्रमणबारे जानकारी गराए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई संवैधानिक मर्यादा, आपसी समन्वय र राज्यका दुई प्रमुख पदाधिकारीबीचको सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिदै ।
आजै रास्वपा सभापति रवि लामछिानेले पनि राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।





