११ मंसिर , काठमाण्डौ ।
पूर्व मुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले पायो चार दिनको समय ।
काठमाडौँ जिल्ला अदालतले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिइयो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अर्थात् सीआईबीले बिहीबार भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
प्रहरीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल संलग्न रहेको आरोप।
सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजारभन्दा बढी र बेलायती पाउन्ड ३७ लाख १७ हजारभन्दा बढी गरी कुल एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको विषयमा अनुसन्धान जारी।
उक्त रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिएको तथा दिलाएको प्रहरीको दाबी ।





