रवि लामिछानेले भेटे राष्ट्रपति

११ मंसिर २०८३, शुक्रबार
Share this
696shares

११ मंसिर , काठमाण्डौ ।

Advertisement

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभापति लामिछाने शुक्रबार शीतल निवास पुगेका हुन् ।

Advertisement

त्यसअघि बिहीबार लामिछानेको निवासमा उनी र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो छलफल भएको थियो ।

राष्ट्रपति पौडेलसँगको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिबारे छलफल भएको लामिछानेको सचिवालयको जानकारी ।

प्रधानमन्त्री वालेन्द्र शाहले भने भारत भ्रमण जानुअघि राष्ट्रपति पौडेललाई त्यसबारे जानकारी दिएका थिएनन् ।

उनले फर्किएर आएपछि हालसम्म पनि राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गरेका छैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top