बेचिन लागेका १ सय ७९ नेपालीलाई घर फर्काइयो

६ फागुन ७५, मंगलबार

झापा, फागुन ७
मानव बेचबिखनको जोखिममा परेका १ सय ७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल फर्काइएको छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल र्पुयाएका थिए ।

मणिपुरबाट म्यान्मार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल फर्काएको हो । उद्धार गरिएकामा १ सय ४७ महिला र ३२ पुरुष छन् ।

Advertisement

उनीहरुलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र त्यहाँबाट आठ वटा बसमा राखेर पूर्वीनाका काँकडभिट्टा हुदै नेपाल ल्याइएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए । काँकडभिट्टाबाट ६ बसमा राखेर उनीहरुलाई काठमाडौँ लगिएको छ ।

Advertisement

उद्धार गरिएकालाई काठमाडौँका विभिन्न पुर्नस्थापना केन्द्रमा राखिने र घटनाबारे थप अनुसन्धान गरी सम्लग्नलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top