Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा यसरी मनाईयो प्रजातन्त्र दिवस( फोटो फिचरसहित)

विराटनगरमा यसरी मनाईयो प्रजातन्त्र  दिवस( फोटो फिचरसहित)

विराटनगर,फागुन  ७

आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । ६९ औं प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप एकसय चार वर्ष लामो निरङकुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

यसैबीच ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रदेशस्तरीय समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकायसहित सर्वसाधारण सहभागि भएका थिए ।

स्थानिय ट्राफिकचोकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरीको ब्याण्डसहित निकालिएको प्रभातफेरीका सहभागिले संसारीमाई स्थान, रोडशेषचोकबाट जनआन्दोलनचोक हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए ।

नगरक्षेत्रको अन्य भागको परिक्रमा गर्दै पुनः ट्राफिकचोकमै पुगेर प्रभातफेरी समापन भएको थियो । प्रभातफेरीमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, वन तथा पर्यटनमन्त्री जगदीश कुसियैत, प्रदेश एकका प्रहरी प्रमुख केदार रिजाल, मोरङका एसपी मनोजकुमार केसीलगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.