बेपत्ता छोरी खाजिदिन आग्रह

१ चैत ७४, शुक्रबार

इनरुवा, चैत २
तीन साता अघि बेपत्ता भएकी छोरीको अवस्था अज्ञात रहेको भन्दै पत्रकार सम्मेलन गरी बाबुले सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । १८ वर्षिया छोरीको अवस्था अज्ञात रहेको भन्दै सुनसरीको देवानगञ्जका प्रमोद मेहताले इनरुवामा पत्रकार सम्मेलन गरी सरोकारवाला समक्ष सहयोग मागेका हुन् ।

पीडित पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा वेपत्ता भएकी भनिएकी मनिताकुमारी यादवका बाबुले कप्तानगञ्जका शिवकुमार मेहताले परिवारको मिलेमतोमा छोरी वेपत्ता पारेको आरोप लगाएका छन् ।

घटनाबारे प्रहरीमा समेत उजुरी गरेको बताउने पीडित पक्षले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेको छ । पीडित पक्षले छोरीलाई केटाको आफन्तको बसोबास रहेको भारतको पञ्जाब लगेको हुन सक्ने आशंका गरेको छ ।

केटा पक्षका आफन्तले छोरीका लागि १० लाख रकम दावी गरेको समेत पीडित पक्षको आरोप छ । पीडित परिवार प्रहरी समक्ष पुगेको जानकारी पाएपछि पीडक पक्षले मनिता बिरामी भै अस्पताल भर्ना रहेको र मृत्यु भएको जानकारी गराएकाले घटना थप रहस्यपूर्ण बनेको पीडितका आफन्तहरुको भनाई छ ।

उता सुनसरी प्रहरीले भने शिवकुमार र मनिताबिच प्रेम रहेको र दुवै भागेको जनाएको छ । घटना प्रेम सम्बन्धको भए पनि दुवै पक्षलाई झिकाएर परिवारलाई खोजीमा लाग्न भनेपनि प्रहरीको सूक्ष्म अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमोरियाले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top