झापा, चैत २
मेची राजमार्गअन्तर्गत इलाम पुवाखोलामा निर्माणाधिन पुल अन्तिम चरणमा पुगेको छ । फुटपाथसहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पुरा भएको छ ।
इलाम सडक डिभिजन कार्यालय इलाम मार्फत निर्माणाधिन यस पुल पूर्वी क्षेत्रकै नयाँ प्रविधिबाट तयार गरिएको हो । मेची राजमार्गले पुर्वी पहाडी जिल्लाहरुलाई तराई जोड्न पुलको काम गरिरहेको छ ।
यो पुलले इलाम हुँदै पाँचथर, ताप्लेजुङ सम्ममा स्थानियलाई सहज हुनेछ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहज रुपमा वजारसम्म लैजान मद्दत गरेको छ ।
यस राजमार्गमा पर्ने धेरै स्थानहरुमा पुराना पुल जिर्ण भएका छन् । यहाँ भएको पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए ।
निर्माणाधिन पुल (प्रिस्टे«स कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ । यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इञ्जिनियर झाले बताए । पुल निर्माणका लागि ४ करोड १३ लाख ९० हजार दुई सय ९५ रुपैयाँको लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको थियो ।