बेपत्ता प्रहरी जवानकाे शव माेहना नदीभित्र गाडेकाे अबस्थामा भेटियो

३ कात्तिक ७७, मंगलबार

४ कात्तिक, धनगढी।

शनिबारदेखि बेपत्ता रहेका कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव भेटिएकाे छ । उनकाे शव मंगलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको हाे ।

प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा मोहना नदीमै जवान साउदको शव भेटिएको हो । साउँदलाई हत्या गरी शव मोहना नदीभित्र बालुवाभित्र गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

Advertisement

तस्करहरुप्रति आक्रामक स्वभावका असई विक र जवान रामबबहादुर साउद शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला बेपत्ता भएका थिए । विकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्कविहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ । घटना भएकै दिनदेखि खोजी कार्यमा शसस्त्र प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top