बोटिङ सँगै मनोरञ्जन गर्ने मन छ ? त्यसो भए गोपाल फनपार्क जानुस् (फोटो फिचर)

किशोर विश्वकर्मा
विराटनगर, चैत ५
विराटनगर वरपर सार्वजनिक कुनैपनि मनोरञ्जन स्थल नभईरहेका बेला विराटनगरसँगै सिमा जोडिएको कटहरी गाउँपालिकामा सुविधा सम्पन्न पार्क निर्माण भएपछी सर्वसाधारण जो कोहिको पनि त्यसतर्फ आकर्षण बढ्न थालेको छ ।

तस्वीर : सेहेन्सा सिद्धिकी

विराटनगर वरपर कतैपनि मनोरञ्जन तथा रमाइलो गर्न पार्क नभईरहेको अवस्थामा कटहरी–२ मा करिब ५० लाख रुपैयाँको लागतमा १३ बिघा क्षेत्रफलमा सुविधा सम्पन्न गोपालफन पार्क निर्माण भएपछि सवैको ध्यान उक्त पार्क तर्फ आकर्षण भएको हो ।

तस्वीर : सेहेन्सा सिद्धिकी

उक्त पार्क सञ्चालन गर्ने ५ वर्ष भन्दा अघीको योजना भएपनि बल्ल निर्माण गर्न सकिएको गोपाल फनपार्कका सञ्चालक शम्भु कामतले बताए । उक्त फनपार्कमा बोटिङ, एभेन्चर, पिङहरु, बालबालिकाका लागि छुट्टै बोटिङ, जम्पीङ, पिकनिक स्पोटलगायतका सुविधा रहेका छन् ।

Advertisement

फनपार्कभित्रै रहेको पारिवारिक रेस्टुरेन्टमा विभिन्न खानाको परिकारहरु सँगै रमाउने समेत व्यवस्था रहेको सञ्चालक कामतले बताए । उनले विभिन्न गोष्ठि, सेमिनार र कार्यक्रमहरु समेत गर्नका लागि सुविधा सम्पन्न पार्टीप्यालेस समेत निर्माण कार्य भईरहेको बताए ।

तस्वीर : सेहेन्सा सिद्धिकी

कामतले मनोरञ्जलाई थप आकर्षण बनाउनका लागि स्वीमिङ पुल, फिसिङ र वाटरपार्क रिसोर्ट समेत चाँडै सञ्चालनमा ल्याईने बताए । उनले आफुहरुको पार्क स्थापना गर्ने ५ बर्ष अघिको योजना रहेपनि अहिलेको यो अवस्थामा मात्र आईपुग्न २ वर्ष लागेको बताए ।

Advertisement
तस्वीर : सेहेन्सा सिद्धिकी

अहिले उक्त पार्कमा दिनानुदिन मनोरञ्जन गर्न आउनेको संख्या बढीरहेको छ भने विभिन्न कार्यक्रमहरु समेत आयोजना भईरहेको छ । अन्य दिनहरुको तुलनामा छुट्टिका दिन तथा शनिबार विराटनगरलगायत आसपासका क्षेत्रबाट मनोरन्जन गर्न आउनेको संख्या अधिक हुनेगरेको कामतको भनाई छ ।

तस्वीर : सेहेन्सा सिद्धिकी

अहिले उक्त पार्कमा आउनेहरुको सुविधाका लागि प्रति व्यक्ति टिकट शुल्क ५० रुर्पयाँ मात्र लिने गरेको छ । पार्कले एक टिकटमा एकजनालाई निशुल्क सुविधा दिएको छ । त्यसमा पनि अक्त, अपाङ्ग र जेष्ठ नागरिकलाई निशुल्क गरिएको पार्कले जनाएको छ ।

तस्वीर : सेहेन्सा सिद्धिकी

यस अघि विराटनगरलगायत वरपर कतैपनि पार्क नभएका कारण बाहिरबाट आउने पाहुनालाई घुमाउन लैजाने ठाउँ कतै थिएन । त्यसमा पनि फुर्सदको समय र छुट्टिको समयमा मनोरञ्जन गर्नका लागि मनोरञ्जन स्थल नभएपछि विराटनगर बाहिर जानुको विकल्प थिएन । तर अब विराटनगर नजिकै गोपाल फनपार्क स्थापनना भएपछि भने धरैको चाहना पुरा भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top