बोदेवरसाइनको बजेट ५५ करोड

२५ पुस ७४, बुधबार

राजविराज, पुस २६
सप्तरीको बोदेवरसाइन नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाबाट आव २०७५/०७६ का लागि रु ५५ करोड ७८ लाख एक हजार ७०० को अनुमानित खर्च सार्वजनिक गरेको छ ।

कार्यक्रममा नगरप्रमुख आतेशसिंह यादवले बजेट प्रस्तुत गर्दै आगामी आव २०७५/०७६ का लागि नेपाल सरकारबाट राष्ट्रिय बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध स्रोत अनुमान विवरणका आधारमा आन्तरिक आय तथा प्रशासनिक चालु पूँजीगततर्फ १५ करोड ९३ लाख ५५ हजार, बाह्य पूँजीगत तर्फबाट १३ करोड ४९ लाख ५२ हजार ९ सय १ रुपैयाँ, अनुदान पूँजीगत निशर्त नेपाल सरकारको तर्फबाट १२ करोड ५८ लाख आठ हजार ३३० र प्रशासनिकतर्फ १० करोड, ६८ लाख सात हजार ४३६ राखिएको छ ।

नगरसभाले मधेश आन्दोलन, जनआन्दोलन र जनयुद्धका शहीद परिवार र ज्येष्ठ नागरिक दलितको हकमा (पूर्ण अपांग)लाई यस नगरपालिकाले गरिने सिफारिशमा निःशुल्क सिफारिश गरिने घोषणा पनि गरेको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि सप्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एवं युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले यो क्षेत्र अहिले पनि विकासको दृष्टिकोणले पछाडि परेको भन्दै यसको समुचित विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोदेवरसाइन नगरपालिकालाई विकसित गरी समृद्ध नगरपालिकाको रुपमा स्थापित गराउनुपर्नेमा जोड दिँदै जनप्रतिनिधि तथा स्थानीय बासिन्दालाई समेत जिम्मेवार भएर आ–आफ्नो तर्फबाट भूमिका निभाउन उनले आग्रह समेत गरे । नगर प्रमुख आतेशसिंह यादवको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकाको हालै सम्पन्न नगरसभाबाट आव २०७५÷०७६ मा खर्च हुने बजेट ३४ करोड ९८ लाख ८२ हजार बजेट प्रस्तुत गरेको छ ।

शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न प्रथम नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । बजेट शीर्षकअन्तर्गत वित्तीय समानिकरणतर्फ २२ करोड ४४ लाख ३४ हजार, सशर्त अनुदान रु १० करोड ३८ लाख ५० हजार, अल्यातर्फ रु ७६ लाख, राजस्व बाँडफाँडमा रु ५० लाख, स्रोततर्फ रु ५० लाख, खडक बोर्डतर्फ रु ३५ लाख, युनिसेफमा रु चार लाख ९८ हजार ६० गरी कूल आयब्यय प्रस्तुत गरेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङले जानकारी दिए ।

प्रस्तुत बजेटमा सामाजिक सुरक्षा भत्ता भने समावेश गरिएको छैन । आयव्यय प्रतिवेदन नगरपालिकाका उपप्रमुख कविताकुमारी सरदारले प्रस्तुत गरेकी थिइन् । उक्त नगरसभाका १२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यको उपस्थिति रहेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top