भदौ १३ देखि १५ सम्म जोर-बिजोर प्रणाली,यो रुटमा हुनेछ ट्राफिक प्रभावित

११ भदौ ७५, मंगलबार

काठमाडौं,भदौ ११
भदौ १३, १४ र १५ गते उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित हुने भएको छ । ७ देशका राष्ट्र प्रमुखको सवारी हुने भएकोले ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको हो ।भदौ १३, १४ र १५ गते सवारी साधनलाई जोर–बिजोर आधारमा सवारी सञ्चालन हुने नेपाल प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । उनका अनुसार १४ गते हुने बिमिस्टेकको उद्घाटनका लागि केहि समय सडक अवरुद्ध हुन सक्नेछ । ‘हामीले ट्राफिक व्यवस्थापनको तयारी अन्तिम चरणमा पुर्याएका छौं, भीआइपी पाहुनाको सवारी हुँदा पुरै सडक खाली गर्ने कि नगर्ने भन्ने विषयमा थप निर्णय हुन बाँकी रहेको छ, प्रवक्ता न्यौपानेले भने ।

१३ गतेदेखि सवारी जोर(बिजोर आधारमा सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजकुमार लम्सालले बताए । उनका अनुसार उपत्यका बाहिर जान चाहने सवारीले बिहान ६ बजेअघि नै गैसक्नु पर्नेछ । यो तोकिएको दिन प्रतिबन्ध लाग्ने सवारीलाई मात्र लागू हुनेछ ।अतिथीहरु भदौ १३ गतेदेखि काठमाडौं आउन सुरु हुने भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि अतिथी बस्ने होटलसम्म एकतर्फी मात्र सवारी सञ्चालन हुनेछ ।

भदौ १४ गते थाइल्याण्डका प्रधानमन्त्री र भारतिय प्रधानमन्त्री काठमाडौं आउने कार्यक्रम भएको कारण धेरै ट्राफिक समस्या हुने अनुमान गरिएको छ । दुई प्रधानमन्त्रीलाई होटलसम्मको यात्रा र होटलबाट राष्ट्रपति विद्यादेवी भण्डारीले दिने दिवा भोजको लागि शितल निवास प्रस्थान गर्नेछन् ।

Advertisement

दिवाभोज पछि सबै अतिथिहरु लाजिम्पाट, लैनचौर, जमल, शहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटल पुग्ने कार्यक्रम रहेको छ । अतिथि सवारीको समयमा पुरै सडक खाली गर्ने कि नगर्ने विषयमा निर्णय भै नसकेको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार अतिथिहरु २० देखि २५ मिनेटसम्म कार्यक्रम स्थलमा पुगि सक्नेछन् । यसकारण सर्वसाधरणले धेरै समस्या बेहोर्ने नपर्ने न्यौपानेले बताए ।कार्यक्रम सकिएपछि अतिथीहरु होटल फर्किन पनि केहि समय ट्राफिक प्रभावित हुनेछ । अतिथि सवारीका लागि सरकारले विदेशी सवारीको प्रयोग गर्ने बताएको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top