रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासङ्घको धर्ना

१३ मंसिर २०८३, आइतबार
Share this
729shares

१३ मंसिर , काठमाण्डौ ।

Advertisement

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घद्धारा रास्वपा पार्टी कार्यालय अगाडि धर्ना ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघ आन्दोलनमा उत्रियो ।

Advertisement

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पु¥याउनेमाथि कारबाही नभएको महासङ्घको आरोप ।

त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको,

श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिस अनुसार उपलब्ध नगराइएको विषय पनि आन्दोलनको कारणका रूपमा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top