भब्यरुपमा सकियो विराटनगरको ऐतिहासिक रथयात्रा, ४० जना पक्राउ

७ भदौ, विराटनगर ।
विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्राको ५२ औं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । रथयात्रामा नेपाल तथा भारतबाट आएका ५ लाख भन्दा बढी श्रद्धालु सहभागि भएका छन् । दिउँसो साढे ३ बजे रथ निकालिने समय निर्धारण गरिएको भएपनि शनिबार बिहानैबाट पानीटंकी र तीनपैनीक्षेत्रमा श्रद्धालु र दर्शनार्थीको घुँइचो बढेको थियो ।

रथयात्रामा झाँकीसहित सहभागिता जनाउने उद्देश्य लिएर आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु आफ्नो स्थान सुरक्षित गर्न निर्धारित समय अगाडि मन्दिर उत्तरतर्फ रहेको तीनपैनीचोकमा उपस्थित भइसकेका थिए । ५ दर्जन बढी झाँकीको सहभागिता रहने भएका कारण रथ नजिकैको स्थान सुरक्षित गर्न झाँकी प्रदर्शकहरु बेलैमा आ–आफ्नो स्थान सुरक्षित गर्न आइपुगेका थिए । रथयात्राको आर्कषणको केन्द्रबिन्दुमा रहने गरेको सांस्कृतिक नृत्य प्रर्दशनमा यसपटक समेत विभिन्न जातिय समुदायले सहभागिता जनाएका छन् ।

Advertisement

जातीय पोशाक, बाजागाजा र मौलिक नृत्यसहित रथयात्रामा सहभागी हुन आएका सन्थाल र झाँगडलगायतका जातीय समूहको नृत्य हेरेर सहभागी मन्त्रमुग्ध भएका थिए । प्रदेश–१ प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधिवतरुपमा रथयात्राको उद्घाटन गरेका थिए । मन्दिर परिसरबाट रथ अघि बढ्न थालेपछि डोरी छुन श्रद्धालुहरुबीच घम्साघम्सी नै परेको थियो ।

Advertisement

उनीहरु गोपालकृष्ण राधेकृष्णको नारा लगाउँदै डोरी तान्न तछाडमछाड गरिरहेका देखिन्थे । रथ तान्न र हेर्न सडकमा लाखौंको संख्यामा श्रद्धालु उत्रिएका कारण त्यसलाई व्यवस्थित गर्न १५ सय बढी प्रहरी खटिएका थिए ।भीडभाडका कारण हुनसक्ने अवान्छित गतिविधि निरुत्साहित गर्न ड्रोन क्यामराबाट भीडको निगरानी गरिएको थियो ।

रथ अघि बढ्न थाले लगत्तै रथ हिंड्ने मार्गमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । सो क्रममा हेलिकप्टरले आकाशमार्गबाट एक सय किलो बढी फूलको वर्षा गरेको थियो । मन्दिर परिसरबाट लगभग ४ बजे निस्किएको रथले नगरक्षेत्रको ७ किलोमिटर सडकखण्डको परिक्रमा गर्दै साझ ८ बजेतिर मन्दिर परिसरमा पुगेर बिर्सजन गरिएको थियो ।

यस्तो छ रथयात्राको इतिहास

विराटनगरको वडानम्बर १ पोखरियास्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट ८८ बर्षअघि शुरु भएको ऐतिहासिक खटयात्राले ५२ बर्षअघिबाट रथयात्राकोरुप लिएको थियो । विक्रमसम्बत १९८८ सालमा शुरु भएको खटयात्रालाई स्थानिय भूपालमानसिंह कार्की र सत्यनारायण धनावत सहितका समाजसेवी र धार्मिक ब्यक्तिहरुले २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरेका थिए । त्यसअघि भगवान श्रीराधाकृष्णको मुर्तिलाई खटमा राखी कांधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो ।

खटयात्रालाई रथयात्रामा रुपान्तरण गरिएयता परम्रागत शैलीको आधुनिक रथमा भगवान श्रीराधाकृष्णको मुर्ति राखेर नगर परिक्रमा गराउने गरिएको छ । प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट,चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ ।

रथ तान्नकालागि रथको अग्रभाग जुवाको दुर्वतर्फ ७५ फिट लम्बाईको डोरी राखिएको थियो । रथयात्राको क्रममा श्रद्धालुहरुको अत्यधिक भीडभाड रहने गरेका कारण त्यसलाई ब्यवस्थित गर्न रथको दाँया भागमा पुरुष र बायाँपट्टिको भागमा महिलाहरुकालागि रथ तान्ने स्थान निर्धारण गरिएको थियो ।

रथयात्रालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा ब्यवस्था सुदृढ बनाइएको तथा कुनै अप्रिय घटना नभएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताएका छन । यसैबीच रथयात्राका समयमा अवान्छित गतिविधी गर्ने ४० जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top