१८ आश्विन, चितवन ।
चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
असोज १६ गते कोरोना संक्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । योसँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।