२३ पुस, पोखरा।
अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले अरुणा शाहीलाई सहयोग गरेको छ । १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाल भलिवल टिमकी कप्तान शाहीलाई जिताउने अभियानमा साथ दिन मञ्चले आर्थिक सहयोग गरेको हो ।
मञ्चका अध्यक्ष तेज गुरुङले अरुणालाई मञ्चका तर्फबाट नगद १० हजार प्रदान गरेका थिए । मञ्चद्वारा आयोजित एक कार्यक्रममा अरुणालाई नगद हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले उनको प्रेरणाले सवै यूवा खेलाडीहरुमा उत्साह प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा कप्तान अरुणाले सवैको माया र सदभावले आफूले खेल क्षेत्रमा उपलव्धी हासिल गरेको बताउँदै यसलाई सँधै कायम राख्न आफू प्रयत्नशिल हुने वताइन ।