१९ कार्तिक, एजेन्सी ।
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।
रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएको छ।
श्रीमती, छोरा तथा सासु ससुरामाथि हातपात गरेको आरोपमा उनी पक्राउ परेका हुन्।