११ बैशाख, काठमाण्डौ । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ ।
भारत–चीन सीमा क्षेत्र नजिक चमोली जिल्लामा रहेको हिमताल फुटेको उत्तराखण्ड सरकारलाई उदृत गर्दै बीबीसीलृ जानकारी दिएको छ ।
हिमपात फुटेको ठाउँकाबारेमा जानकारी लिने काम भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । तर, खराब मौसमका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना लिन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले आधिकारिक पुष्टि नभएसम्मका लागि धैर्य राख्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ।
यो क्षेत्रमा आवादी कम भएकाले क्षति कम हुने आकलन गरिएको छ । यसअघि गएको फागुनमा उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीमा परेर ५० जनाको ज्यान गएको थियो।