भारत–पाकिस्तान सीमामा गोली चल्दा गोर्खा सैनिकको मृत्यु

९ असार, नयाँदिल्ली ।
भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली चल्दा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मू-कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका नेपाली गोर्खा सैनिक हवलदार दीपक कार्कीको मृत्यु भएको हो । गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।

३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाईएको छ ।

भारतको सुरक्षा प्रवक्ताका अनुसार यो घटना सोमबार बिहान भएको हो । भारत र पाकिस्तानको बीचमा बढ्दो तनावको कारण पछिल्लो समय सीमा क्षेत्र अशान्त देखिएको छ । गत जुन ५ यता भारत-पाकिस्तान सीमाक्षेत्रमा मृत्यु हुने दीपक चौथो सैनिक हुन् ।

Advertisement

भारतीय सेनाको ड्युटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको पछिल्लो घटना पहिलो भने होइन । गत वर्ष मंसिरमा पनि जम्मू-कश्मीरमै खटिएका गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरले पनि दोहारो गोलीबारीमा परेर ज्यान गुमाएका थिए ।

त्यसैगरी जेठ २०७४ मा पनि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत तीन जना नेपालीको जम्मू-कश्मीरमै भएको आतंकवादी हमलामा मृत्यु भएको थियो । उक्त घटनामा कास्कीका गिरीश गुरुङ, गुल्मीका डम्बरबहादुर पुन र पर्वतका रविन शर्माको ज्यान गएको थियो । त्यसको तीन महिनाभित्रै भदौ २०७४ मा पनि लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा नजिक भएको गोलीबारीमा परेर भारतीय सेनामा कार्यरत अर्का एक जना नेपाली मूलका ३६ वर्षीय सन्दीप थापाको मृत्यु भएको थियो ।

Advertisement

फेरि एक महिनाभित्रै भारतीय सेनाकै गोर्खा राइफलमै कार्यरत २७ वर्षीय राजेश खत्रीको पनि जम्मू-कश्मीरमै खटिएका बेला सीमामा भएको दोहोरो गोलीबारीमा मारिएका थिए । जुन २०१९ मा भारतको पूर्वोत्तर राज्य असमको झोरहाटबाट चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको भारतीय वायु सेनाको एउटा विमान दुर्घटना हुँदा लमजुङ पुर्ख्यौली घर भएका फ्लाइट लेफ्टिनेन्ट २८ वर्षीय राजेश थापाको पनि मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top