एमसीसी खारेजीको माग गर्दै आज पनि विरोध प्रदर्शन

९ असार, काठमाडौँ ।
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन भएको छ । एघार वटा साना कम्युनिष्ट दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

उनीहरुले एमसीसी देशकालागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए । अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजना अनुसार हिन्द प्रान्तीय रणनीतिको अभिन्न अंग भएकाले, नेपालको पानी प्रयोग गरी उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने भएकाले, नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारी पठाउनु पर्ने र त्यस्तो योजना भारतको सरकारले समर्थन गर्नुपर्ने भएकाले, चीनलाई फौजि रुपमा घेरा हाल्न नेपालमा सैन्य अखडा खडा गर्ने भएकाले, अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि यो सम्झौता रद्द गर्न सक्ने लगायतका कारणहरु लेखिएका ब्यानरहरु लिएर सडकमा उभिएका थिए ।

त्यस्तै ‘युएसए गो ब्याक’, ‘एमसीसी चाहिदैन देश बेच्न पाइदैन’, ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’ लेखिएका पम्पप्लेटहरु लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए । प्रदर्शनमा बालबालिकालाई समेत प्रयोग गरेको देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top